सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधान्मन्त्रीको राजीनामापछि मात्रै संसद्को अवरोध हटाउने एमालेको अडान

२०८० असार २४, ०४:५५ खबर संवाददाता

काठमाडौंः  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद प्रधानमन्त्रीका कारण बन्द भएको बताए।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताएका हुन्। ओलीले सदन सञ्चालन गर्न आफूहरू सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरू फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे। त्यस्तै ओलीले प्रधानमन्त्रीको असार २१ गतेको वक्तव्यप्रति पनि गम्भीर आपत्ती रहेको बताए।

दाहालको अभिव्यक्तिलाई लिएर एमालेसहित रास्वपा र राप्रपाले राजीनामा माग गरेपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको बताएको थियो। सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुखद् रहेको विज्ञप्तिमा उल्लेख थियो।

यसअघि आइतबार नै सिंहदरबारमा सदनको गतिरोध अन्त्य गर्ने विषयमा शीर्ष दलको बैठक बसेको थियो।
 

कमेन्ट लोड गर्नुस