सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीबाट ल्याइएका गोलभेडा अत्तरियामा नष्ट

२०८० असार २४, ०४:३२ खबर संवाददाता

धनगढीः  विक्रीका लागि बैतडीबाट अत्तरिया ल्याइएको गोलभेडामा खान नमिल्ने विषादी भेटिएको छ।

विक्रीका लागि ल्याइएको गोलभेडामा परिक्षण गर्दा विषादी भेटिएपछि अत्तरियामा नष्ट गरिएको हो। आइतबार बिहान अत्तरियामा रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाइमा गरिएको परिक्षणमा करिब ४ क्विन्टल गोलभेडामा विषादी भेटिएको थियो।

अत्तरियाको धर्मराज सप्लायर्समा बिक्रिका लागि राखिएको तरकारी पसलमा गोलभेडामा विषादी भेटिएको अवशेष दु्रत विश्लेषण इकाइ प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताए। भट्टले गोलभेडामा ५० प्रतिशत विषादी भेटिएकाले खान नमिल्ने हुनाले तत्काल नष्ट गरिएको बताए। उक्त विषादीयुक्त गोलभेडा गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको रोहबरमा खाल्डोमा पुरिएको थियो।

पसलका संचालक रमेश भट्टले आइतबार बिहान मात्रै बैतडीबाट ट्रकमा ल्याइएको गोलभेडा पसलमा राखेको बताए। 
 

कमेन्ट लोड गर्नुस