सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट एक युवतीसहित लागुऔषधमा संलग्न दुई जना पक्राउ

२०८० असार २४, ०२:२६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट एक युवतीसहित लागुऔषधमा संलग्न दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–८ धनगढी गाँउबाट ४ ग्राम ५ सय मिलिग्राम लागुऔषधसहित शनिवार दिउँसो एक युवतीसहित दुई जना पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–८ का १९ वर्षीय रन्जीत राना र २० वर्षीया युवती पुष्पा राना लागुऔषधसहित पक्राउ परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुबै जनालाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस