सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बर्दागोरियाका अपांगता भएकालाई सहयोग सामाग्री हस्तान्तरण

२०८० असार २४, ११:०४ खबर संवाददाता

धनगढीः कैलालीको बर्दागोरिया गाउँपालिकाका अपांगता भएकाहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको छ। 

गाउँपालिकाको वडा नम्बर ६ को एक लाखको बजेटमा खरिद गरिएका ह्वील चियर, छडी, वाकरलगाएतका सामाग्री अपांगता भएका व्यक्तिलाई हस्तान्तरण गरिएको हो। गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले आइतवार बिहान २० जना अपांगता भएकाहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरेका वडाध्यक्ष राकृष्ण डगौरा थारुले बताए। 

उनले वडाका अपांगता भएका नागरिकलाई मात्र सहयोग सामाग्री वितरण गरिएको बताए। जागरण अपांग समाजको सहकार्यमा सहयोग सामाग्री वितरण गरिएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस