सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरमा विद्यालय तहको सिकाइ उपलब्धि खस्कियो, यस्तो छ एसईईको नतिजा

२०८० असार २४, ०९:५९ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा एसईई परिक्षाको नतिजा कमजोर देखिएको छ। २०७९ को एसईईमा प्रदेशको नतिजा कमजोर आएको हो। प्रदेशमा ए प्लस अर्थात् ४ जिपिए ल्याउने विद्यार्थी एक जना मात्रै छन् भने ए ग्रेड ल्याउनेको संख्या पनि निकै कम देखिएको छ। एसईईमा ४० देखि ५० नम्बर ल्याउनेको संख्या भने उच्च छ।

सुदूरपश्चिममा विद्यालय तहको सिकाई उपलब्धि खस्किदै गएको सार्वजनिक नतिजाले देखाएको छ। २०७९ को एसईईमा सुदूरपश्चिमको नतिजा कमजोर आएको हो। सुदूरपश्चिममा ४.० जिपिए ल्याउने विद्यार्थी एक जना मात्रै छन् भने ए प्लस ग्रेड ल्याउनेको संख्या पनि निकै थोरै छ। एसईईमा औसत र त्योभन्दा तलको ग्रेड ल्याउनेको संख्या बढेकोको बुधवार प्रकाशित नजिजाले देखाएको छ।

सुदूरपश्चिमका केबल ४२१ जनाले ए प्लस ग्रेड ल्याएका छन्। जुन कुल परीक्षार्थीको शून्य दशमलव ८१ प्रतिशत हो। सुदूरपश्चिमका १ हजार ७७४ जना विद्यार्थीको ए ग्रेड आएको छ। यो कुल परीक्षार्थीको ३.४१ प्रतिशत हो। बी प्लस ग्रेड ल्याउनेको संख्या ४ हजार १३९ छ। यो जम्मा परीक्षार्थीको ७ दशमलव ९६ प्रतिशत हो।

सुदूरपश्चिमका ८ हजार १६६ विद्यार्थीले बी ग्रेड हासिल गरेका छन् । जुन १५ दशमलव ७० प्रतिशत हो। सुदूरपश्चिममा औसत सिकाइ उपलब्धि हासिल गर्ने विद्यार्थीको संख्या उच्च देखिएको छ। एसईई २०७९ को नतिजाले सी प्लस ग्रेड ल्याउनेको संख्या १२ हजार ८४४ छ। जुन २४ दशमलव ७० प्रतिशत हो। एसईई परीक्षा २०७९ मा सी ग्रेड ल्याउनेको संख्या सबैभन्दा बढी छ।

१५ हजार १३४ जनाको सी ग्रेड आएको छ। परीक्षामा सबै विषयमा ४० देखि ५० अङ्क ल्याउने विद्यार्थीको प्रतिशत २९ दशमलव १० प्रतिशत देखिएको छ। सुदूरपश्चिमका साढे ५३ हजार एसईई दिने परीक्षार्थीमध्ये ८ हजार ९२६ जनाको डी ग्रेड आएको छ। यो कुल परीक्षार्थीको १७ दशमलव १६ प्रतिशत हो। कुल परीक्षार्थीमा ६०४ जनाको शून्य दशमलव ८ देखि १ दशमलव २ जिपिए मात्रै आएको छ।  यो १ दशमलव १६ प्रतिशत हो।

२०७९ को एसईई परीक्षाको फाराम भरेका मध्ये १ हजार ७०६ जना भने परीक्षामा अनुपस्थित रहेको शिक्षा निर्देशनालय दिपायल डोटीले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ। सुदूरपश्चिमा ए प्लस नतिजा ल्याउने विद्यार्थीको संख्या कैलालीमा सबैभन्दा बढी छ।कैलालीमा २२७ जनाले ए प्लस ग्रेड हासिल गरेका छन्। डोटीमा ७४ जनाको ए प्लस आउँदा कञ्चनपुरमा ७२ र  डडेल्धुराका २२ जनाको ए प्लस आएको छ। यस्तै, दार्चुलामा १२ जना,  अछामका ९, बाजुराका ५ र बझाङका १ जना विद्यार्थीको ए प्लस आएको छ। बैतडीका कुल ५ हजार ३३८ जना परीक्षार्थी मध्ये एक जनाले पनि ए प्लस हासिल गर्न सकेका छैनन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस