सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरे गाउँपालिकाको साँस्कृतिक महासंघको प्रथम अधिबेशन सम्पन्न 

२०८० असार २३, ०९:४७ खबर संवाददाता

धनगढीः  नेपाल साँस्कृतिक महासंघ चुरे गाउँपालिकाको प्रथम अधिबेशन शनिबार सम्पन्न भएको छ।

नेपाल साँस्कृतिक महासंघ चुरे गाउँपालिका सभापति दामोदर रिजालको सभापतित्वमा भएको अधिबेशनको उदघाटन कार्यक्रमका प्रमुख अतिथि ,नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य एवं नेपाल साँस्कृतिक महासंघ केन्द्रीय उपसभापती सुरत रावत (डोटेली कान्छा) ले गरेका थिए।

चुरे गाउँपालिकाको प्रथम अधिबेशनबाट नेपाल साँस्कृतिक महासंघ चुरे गाउँपालिका सभापतिमा बुद्धि सागर सापकोटा सर्बसम्मतले चयन भएका छन्। उपसभापतिमा मनिराम अधिकारी(मिलन) , सचिबमा मानबहादुर धामी चयन भएका छन् भने दलि बोहरा , जितबहादुर खडायत, केपि मगर लगायत सदस्यहरुमा सर्बसम्मतले चयन भएका छन्।
 

कमेन्ट लोड गर्नुस