सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसईईको ग्रेडवृद्धि परीक्षा साउनमा

२०८० असार २३, ०९:३८ खबर संवाददाता

काठमाडौँः  एसईईको नतिजामा न्यून ग्रेडप्राप्त विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ।

परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले सूचना प्रकाशित गरेर परीक्षामा सहभागी हुन आवदेन फाराम भर्न आह्वान गरेको हो। बिहीबार सार्वजनिक नतिजामा ‘सी वा सी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थी ग्रेडवृद्धिमा सहभागी हुन पाउने परीक्षा नियन्त्रक बिष्णुनारायण श्रेष्ठले जनाए। तर विद्यार्थीले आफूले चाहेका दुई विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन्। विद्यार्थी अनुपस्थित रहेका दुई विषयमा पनि ग्रेडवृद्धि दिन पाउने व्यवस्था गरिएको छ।

कार्यालय विद्यार्थीलाई आफू पढेको विद्यालय मार्फत साउन २१ गतेसम्म परीक्षा आवेदन फाराम जिल्ला विकास तथा समन्वय इकाइमा पेस गर्न सूचित गरेको छ। ‘सी, डी र ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या सबैभन्दा बढी गणित विषयमा रहेको छ। त्यस्तै कार्यालयले नतिजामा चित्त नबुझेका विद्यार्थीलाई पुनर्योगका लागि साउन ५ गतेसम्म निवेदन दिन आग्रह गरेको छ।

नियमित र ग्रेडवृद्धि समूहका विद्यार्थीले पुनर्योगका लागि आवेदन दिनसक्ने श्रेष्ठले जनाए। इकाइ वा सोझै परीक्षा नियन्त्रण कार्यालयमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ। ग्रेडवृद्धि परीक्षा र पुनर्योगका लागि ५ सय शुल्क तोकिएको छ। ग्रेडसिटमा नाम, थर, जन्ममिति लगायतका विवरण फरक परेका विद्यार्थीलाई ६ महिनाभित्र सच्याउन पनि आग्रह गरिएको छ।
 

कमेन्ट लोड गर्नुस