सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीमा मोटरसाइकल एकआपसमा ठोक्किए

२०८० असार २३, ०५:०१ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–२ मा शनिबार दुर्घटना भएको हो। पुर्बबाट पश्चिमतर्फ आइरहेको २१ वर्षीय सहिल शाहीले चलाएको नयाँ मोटरसाइकल र विपरित दिशाबाट आईरहेको सु.प.प्र.०१–०१०.प २१४२ नम्बरको २७ वर्षीय पुरन जैशीले चलाएको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनाबाट जैशीको खुट्टामा र शाहीलाई सामान्य चोट लागेको लम्की प्रहरीले जनाएको छ। दुबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस