सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव नेतृत्वको नेकपाको बन्द खुल्यो

२०७६ वैशाख ५, ०६:१२ खबर संवाददाता

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको एक दिने बन्द आज बेलुकीदेखि खुलेको छ। बेलुकी ५ बजेदेखि बन्द खुलेको हो। बन्द खुले सँगै साझँदेखि धनगढी लगायतका अधिकासं ठाउँमा बजार खुलेको छ भने यातायातका साधन पनि सुचारु भएका छन्। 
बन्दका कारण आज दिनभर नै बजार व्यवसाय, शिक्षण सस्था बन्द थिए भने लामो तथा छोटो दुरीका सवारी साधनहरु पनि चल्न सकेका थिएनन्। जस्ले गर्दा यात्रूहरु अलपत्र परेका थिए। बन्दकै क्रममा कैलाली जिल्लाभरीका अत्तरिया, राजीपुर, लम्की, टिकापुर लगायतका क्षेत्रमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्कृय पारेको थियो। राजीपुर बाहेक अन्य क्षेत्रमा नक्कली बम फेला परेको थियो। राजीपुरमा भने टाईम बम नै फेला परेको र सेनाको टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
 

कमेन्ट लोड गर्नुस