सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ९० प्रतिशत रोपाइँ सकियो

२०८० असार २३, ०८:४७ खबर संवाददाता

बैतडी: बैतडीमा रोपाइँ अन्तिमतिर पुगेको छ। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीका अनुसार यहाँ हालसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ। 

सिँचाइको सुविधा भएको ठाउँमा वर्षाअघि  रोपाइँ सम्पन्न भएको भए पनि  र आकाशे पानीको भर  पर्नुपर्ने क्षेत्रमा वर्षापछि अहिले रोपाइँ भइरहेको छ। ‘वर्षमा तीन बाली लाग्ने बेसीतिर र अन्य केही स्थानमा रोपाइँ बाँकी छ। यो महिनाको अन्तिमसम्म सबै सकिन्छ’, उनले भने। जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ। 

वर्षा भएपछि रोपाइँ गर्न सहज भएको बैतडीको दोगडाकेदार–३ श्रीकोटका किसान वीरसिंह विष्टले बताए। ‘सबै व्यस्त छौँ। वर्षा नहुँदा यसअघि रोपाइँ गर्न सकिएको थिएन। अहिले चटारो छ।’ पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र मानिन्छ।  बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ।

कमेन्ट लोड गर्नुस