प्रहरीको ३० वर्षे सेवा अवधि १६ वर्षे बनाउँँछुः गृहमन्त्री

काठमाडौँः उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले नेपाल प्रहरीमा बेला–बेलामा उठ्ने गरेको ३० वर्षे सेवा अवधि हटाउने बताएका छन्।
‘प्रहरीमा ३० वर्षे सेवा अवधिको विषय छ त्यसलाई १०० प्रतिशत हटाउँछु,’ गृहमन्त्री श्रेष्ठले बताए। प्रहरीमा भएको समस्यालाई समाधान गर्न र प्रहरीको मनोबल बढाउनका लागि ३० वर्षे सेवा अवधि हटाउने र १६ वर्षमा अवकाश पाउने व्यवस्था मिलाउने मन्त्री श्रेष्ठले बताए। प्रहरीमा पहिलेदेखि नै बिग्रेका समस्यालाई कसरी समाधान गर्ने भन्ने विषय अन्योल भएको गृहमन्त्री श्रेष्ठले बताए।
‘प्रहरीमा पहिलेदेखि विग्रेको समस्या छ। यताबाट शुरु गरौं उता बिग्रन्छ। उताबाट शुरु गरौं यता बिग्रन्छ कहाँबाट समस्या समाधान गर्ने अन्योल छ,’ गृहमन्त्री श्रेष्ठले भने। नयाँ प्रहरी प्रमुख परिवर्तन हुँदा उठ्ने गरेको प्रहरीको सेवा अवधि ३० वर्षे चर्चामा आउने गरेको छ।



