सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डेङ्गु रोग संक्रमित फेला

२०८० असार २२, ०४:५१ खबर संवाददाता

धनगढीः  धनगढीमा डेङ्गुको बिरामी फेला परेका छन्।

धनगढी उपमहानगरको वडा नम्बर–९ गौरीकटानमा डेङ्गुका बिरामी फेला परेका हुन्। गौरीकटानका १४ वर्षीय एक किशोरमा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले दिनेशखबरलाई बताए।

बिहीवार बिरामी भएर अस्पताल आएका किशोरको रगत परीक्षण गर्दा डेङ्गु पुष्टि भएको धामीले बताए। बिरामीको अहिले उपचार भइरहेको छ। अरू वर्ष भदौ र असोजमा देखा पर्ने डेङ्गु संक्रमण यो वर्ष असारमै देखा परेकाले सतर्क रहनुपर्ने स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख धामीले बताए।

सफा पानीमा हुर्कने प्रजातिको लामखुट्टेले टोक्दा डेङ्गु संक्रमण हुन्छ। डेङ्गुबाट वच्न  र बचाउन घर वरिपरि सफा पानी जम्न नदिने र दिनको समयमा लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरिएको छ।
 

कमेन्ट लोड गर्नुस