सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार गिरी साधारण तारेखमा रिहा

२०७६ वैशाख ५, ०५:०८

समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन्। साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतले रिहा गरेको हो। जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल ईजलासले तारेखमा रिहा गर्ने आदेश दिएको छ।
उनी ठगीसम्बन्धी समाचार लेख्दा विपेन्द्रराज बतासको जाहेरीमा  पक्राउ परेका थिए।

कमेन्ट लोड गर्नुस