सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको केदारस्युँ गाँउपालिकाद्धारा कृषि एम्बुलेन्स सञ्चालन

२०८० असार २१, ११:०० खबर संवाददाता

धनगढीः बझाङको एक पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।

जिल्लाको केदारस्युँ गाँउपालिकाले कृषिजन्य सामग्री ढुवानी सहज बनाउने उद्येश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। किसानले उत्पादन गरेको कृषिजन्य वस्तु, फलफुल तरकारी र  रैथानेबालीहरुको आपूर्ति तथा बिक्रीवितरणको लागि गाँउपालिकाले ‘कृषि एम्बुलेन्स’ उपलब्ध गराएकोे हो।

किसान, सहकारी संस्था तथा व्यवसायीलाई सहुलियत दरमा तरकारी, फलफूल, तथा रैथानेबाली तथा अन्य उपभोग्य सामग्रीको उपलब्धतालाई सहज बनाउनका पालिका भित्र निशुल्क गाडी परिचालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष मनिसा धामिले बताइन्। उनका अनुसार किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई सहज रूपमा बिक्री तथा ढुवानीका लागि वातावरण मिलाउने तथा पालिका भित्रका विभिन्न वडाका गर्भवती महिला र आकस्मिक हुने दुर्घटनाका लागि समेत निःशुल्क सेवा दिनका लागि यस्तो निर्णय गरिएको हो।
 

कमेन्ट लोड गर्नुस