सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको पञ्चोदय स्कुलमा छात्रवृत्ति वितरण 

२०८० असार २१, ०६:०० खबर संवाददाता

धनगढीः धनगढी हसनपुरमा रहेको पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।

बिहीवार विद्यालयमा अध्ययनरत  ३७० जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको हो। विद्यायय व्यवस्थापन समितिका अध्यक्ष चक्र बम र प्रधानाध्यापक हरिशकुमार ओझाले छात्रवृत्ति वितरण गरेका हुन्।

विद्यालयमा अध्ययनरत दलित छात्रछात्रा र अन्य समुदायका छात्राहरूलाई जनही चार सयका दरले छात्रवृत्ति वितरण गरिएको हो।
 

कमेन्ट लोड गर्नुस