सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सारछलीका सामानसहित महिला पक्राउ

२०८० असार २१, १२:१९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा भन्सारछलीका सामानसहित महिला पक्राउ गरेकी छन्।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बुधवार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट भन्सारछलीका सामानसहित ३५ वर्षीया रतना नाथ पक्राउ परेकी हुन्। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार उनी ३१ हजार ६ सय २० रुपैयाँ बराबरका भन्सारछलीका सामानसहित पक्राउ परेकी हुन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ की उनी भन्साछलीको आटा, सोनापापडी, केक जेल, नरिवलको धुलो, नमकिन लगाएतका सामानसहित पक्राउ परेकी हुन्। 

यस्तै धनगढीबाट २० हजार पाँच सय मूल्यका चिनी, सुट, सुर्ती, मिश्री, बिडी, प्लास्टिकका झिल्लीसमेत बुधवार साँझ प्रहरीले बरामद गरेको छ। धनगढीको मिलनचोकबाट बेवारिसे सामान बरामद गरिएको प्रहरीले बताएको छ।

उता कञ्चनपुरबाट भन्सारछलीको एक लाख ३० हजार मूल्यको सामान बरामद गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ वनदेवी जंगल क्षेत्रबाट माछासहित से ४ प ४६९ नम्बरको मोटरसाइकल बरामद गरिएको हो।
 

कमेन्ट लोड गर्नुस