सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका युवा वैज्ञानिकले नयाँ आविष्कार गर्न सहयोग पाउँदैनन्

२०८० असार २१, १०:३७ कमल सावद

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का दिपेन्द्र जोशी ७ कक्षादेखि नयाँ आविष्कारको क्षेत्रमा काम गर्न थाले। उनले विद्यालयको पढाइसँगै आविष्कारसमेत गर्दै आए। उनी युवा वैज्ञानिकको एक संस्थामा आवद्ध छन्। विद्यालय उमेर समूहका नयाँ युवा वैज्ञानिकहरुलाई ढाडस दिने काम उनी गर्दैछन्। नयाँ आविष्कारलाई अभिभावक, विद्यालय र सरकारले सहयोग नगर्ने भएकाले ढाडस दिने काम उनले गर्दै आएका हुन। उनले भने, ‘म ७ कक्षादेखि नयाँ आविष्कारको क्षेत्रमा काम गर्न थालेको हुँ। उति बेला कसैले पनि सहयोग गरेनन्। अहिले विद्यालयहरुले सहयोग गर्न थालेका छन्। तर पहाडी जिल्लाका विद्यार्थीले सहयोग पाएका छैनन्।’

धनगढीका विद्यालयहरुले विद्यार्थीलाई सहयोग गर्दै आएका भए पनि सुदूरपहाडका जिल्लाका विद्यार्थीले भने यस्तो अवसर पाउन सकेका छैनन्। उनीहरुले अभिभावक, विद्यालय तथा सरकारी स्तरबाट सहयोग नपाएका हुन्। धनगढीमा प्रदेश युवा परिषद्ले आयोजना गरेको सम्मेलनमा समेत पहाडी जिल्लाबाट युवा वैज्ञानीकहरुको सहभागिता रहेन। उनीहरुले अभिभावक तथा विद्यालयबाट सहयोग नपाएका हुन्। धनगढीका दिपेन्द्र जोशीले विद्यालय र अभिभावकहरुले सहयोग गर्न आवश्यक रहेको बताए। उनले भने, ‘बजेट ठुलो कुरा हो। धनगढीका विद्यालयले केही सहयोग गरेका छन्। विद्यार्थीहरुले नयाँ आविष्कार गर्दै आएका छन्। पहाडी जिल्लाका विद्यार्थीले सहयोग पाएनन्। डोटीको एक विद्यालयका विद्यार्थीले रोबट बनाएका छन्। उनीहरुले सहयोग पाएनन्।’

विद्यार्थीले स्थानीय स्तरमा रहेका औजार तथा उपकरणको प्रयोगबाट कार, मोटरसाइकल, ड्रोन, रोबटलगायतका सामाग्री उत्पादन गरेका छन्। धनगढीका विद्यार्थीहरुले आविष्कार गरेका सामाग्रीबाट अन्य पहाडी जिल्लाका विद्यार्थीहरुमा समेत सकरात्मक प्रभाव परेको दाबी गरिएको छ। प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले गरेका छन्। उनले नयाँ आविष्कारका लागि स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए। ‘सुदूरपश्चिममा युवा वैज्ञानिकहरु छन्। प्रदेशका युवा वैज्ञानिकहरुले आविष्कारसमेत गरेका छन्। तर उहाँहरुका आविष्कार बाहिर आएका छैनन्। स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले सहयोग गर्नुपर्छ,’ उनले भने।

युवा वैज्ञानीकहरुले अभिभावक, विद्यालय तथा सरकारबाट आर्थिक सहयोगको अपेक्षा परेका हुन्। सुदूरपश्चिम प्रदेशका विद्यालय तथा अभिभावकहरुले नयाँ आविष्कारलाई महत्व नदिएको गुनासो गरिएको छ। प्रदेशको अस्थायी मुकाम धनगढीका विद्यालयका विद्यार्थीले केही मात्रामा अवसर पाए पनि पहाडी जिल्लाका विद्यार्थी भने यस्तो अवसर पाउनबाट वञ्चित भइरहेका हुन्। 

प्रदेशभित्र आविष्कारमा लागेका युवाको क्षमताको कदर गर्दै अभिभावक, विद्यालय, तथा तीन तहकै सरकारले सहयोग गर्नुपर्ने माग गरिएको हो। युवा वैज्ञानीकहरुको क्षमताको कदर गर्दै उनीहरुको आविष्कारणको दिगोपनका लागि सहयोगको माग गरिएको हो। विद्यालय तथा तीन तहकै सरकारले आर्थिक सहयोग गर्नुपर्ने माग युवा आविष्कारको छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस