एनएमबि बैंकद्धारा त्रिनगर माविलाई डेढ लाख सहयोग
धनगढीः एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत धनगढी उपमहानगरपालीकाको त्रिनगर माध्यमीक विद्यालयलाई बुधबार आर्थीक सहयोग गरेको छ।
बैंकले विद्यालयलाई एक लाख ५० हजार बराबरको चेक हस्तान्तरण गरेको छ। उक्त सहयोग साइकल स्टान्ड निर्माण गर्नको लागि हस्तान्तरण गरिएको हो। सो कार्यक्रममा बैंकका सुदुर पश्चिम तथा कर्णालीप्रदेश प्रमुख श्याम अधिकारी, बरिष्ठ क्षेत्रिय प्रवन्धक रमेशराज भट्ट, धनगढी शाखा प्रमुख नन्दा भण्डारीका साथै अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।
चेक बुधबार विद्यालयका प्रधानअध्यापक भुपालसिं खडका र अभीभावक संधका अध्यक्ष कमलराज पन्तलाई हस्तान्त्रण गरेको हो। एनएमबि बैंक विगत २६ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधाप्रदानगर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजतपत्रप्राप्त एक अग्रणी वित्तीय संस्थाहो।