सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्ने एमालेको निष्कर्ष

२०८० असार २०, ०४:५६ खबर संवाददाता

काठमाडौँः  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् अगाडि बढ्न नदिने निर्णय गरेको छ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपल्ट दिल्ली भ्रमण गरेको भनी प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति क्षमायोग्य नभएको एमालेको निष्कर्ष छ। एमालेको बुधबार बसेको संसदीय दलको बैठकले प्रचण्डको अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको ठहर गरेको एमाले सांसद सूर्य थापाले बताए।

‘भारतले बनाएको प्रधानमन्त्रीलाई संसद् र हामीले प्रधानमन्त्री मान्न सक्दैनौँ। उहाँको अभिव्यक्ति अक्षम्य छ। प्रधानमन्त्रीले राजीनामा नदिँदासम्म संसद चल्द दिँदैनौँ,’ थापाले भने। आज अपरान्ह प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची रहेको छ। 
 

कमेन्ट लोड गर्नुस