सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेगा बैंक नेपाल र मलेसिया प्लासिड एक्सप्रेसबीच सम्झौता

। फोटो स्रोत ।
२०७६ वैशाख ५, ०२:५४ खबर संवाददाता

मेगा बैंक नेपाल लिमिटेड र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ। मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमिट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो। यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने मेगा बैंकको विश्वास छ। 

मलेसियाका साथै प्लासिड एक्सप्रेसमार्फत अमेरिका, बेलायत र इटालीबाट पनि नेपालमा रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ। ‘मेगा रेमिट’को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा यसअघि मेगा बैंकले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, कुवेत, यूएई, भारतलगायतका देशमा रेमिट्यान्स सेवा विस्तार गरिसकेको छ।
 

कमेन्ट लोड गर्नुस