युगाण्डामा दुई सैनिकसहित चारजनाको हत्या
एजेन्सीः युगाण्डाको सेनाले सोमबार देशको उत्तरपूर्वी जिल्ला कोटिडोमा हतियारधारी गाईवस्तु पाल्ने समूहले दुई सैनिकसहित चारजनाको हत्या गरेको जनाएको छ।
सेनाका सार्वजनिक सूचना अधिकारी मोसेस अमुयाले सिन्ह्वालाई टेलिफोनमा बताएअनुसार जिई जातीय समूहका लडाकूहरूले केको लोपुयो व्यापार केन्द्रमा एक जना कमाण्डर एकजना सिपाही र एक स्थानीय नेता र अर्का नागरिकको हत्या गरेका थिए। संदिग्धहरू सिपाहीको बन्दुक लिएर भाग्न सफल भएको बताइएको छ।
उत्तरपूर्वी युगाण्डाको कारामोजा क्षेत्र परम्परागत रूपमा गाईबस्तु चराउने अभ्यासका लागि परिचित छ।