सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ

https://dineshkhabar.com/sites/default/files/styles/thumbnail/public/field/image/356633871_230855956433168_6148559498981532024_n.jpg?itok=HJG1DSoF
https://dineshkhabar.com/sites/default/files/styles/thumbnail/public/field/image/356633871_230855956433168_6148559498981532024_n.jpg?itok=HJG1DSoF
२०८० असार १८, ०८:१३ खबर संवाददाता

धनगढीः टीकापुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको प्रहरी टोलीले फरार रहेका वन मुद्दाका प्रतिवादी कैलालीको टीकापुर नगरपालिका वडा नम्बर–१ बिशालनगरका हर्कबहादुर सिम्सेलीलाइ आइतवार पक्राउ गरेको हो।

कैलाली जिल्ला अदालतले २०७६/०९ महिना ८ गते  ११ हजार ६ सय ८० रुपैँया जरीवाना तोकेपछि सिम्सेली फरार रहेका थिए। उनलाई आवश्यक कार्वाहीको लागि कैलाली अदालतमा उपस्थित गराईएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस