सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडक दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम

२०८० असार १७, ०५:२३ खबर संवाददाता

धनगढीः  धनगढीमा आइतबार सडक दुर्घटना न्यूनीकरणका लागि नागरिक प्रहरी सम्मेलित सचेतना कार्यक्रम गरिएको छ।

मालिकार्जुन दार्चुल सेवा समिति कैलालीको आयोजनामा उक्त सचेतना कार्यक्रम गरिएको हो। जसमा धनगढी उपमहानरपालिका, यातायता व्यवस्था कार्यालय र जिल्ला ट्राफिक कार्यालय धनगढीको सहकार्य रहेको थियो। ‘दुर्घटनाबाट बचौं र बचाऔं ट्राफिक नियम जानौं पनि मानौं पनि,’ लेन अनुशासनको पूर्ण पालना गरौँ, सभ्य र शिष्ट नागरिकको परिचय दिऔं’ भन्ने नारासहित सचेतना कार्यक्रम गरिएको मालिकार्जुन दार्चुला सेवा समितिले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले वर्षाद सुरु भएसँगै दुर्घटनाको जोखिम बढ्ने भएकाले सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताए। उनले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताए। ‘हामीले बढीभन्दा बढी सवारी चालक र स्थानीयहरूलाई सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी कार्यक्रमहरू गर्दै जानेछौँ,’ प्रहरी निरीक्षक जोहारीले भने, ‘हाम्रो लक्ष्य भनेको दुर्घटनालाई घटाउने हो। सवारीसाधनमा सिट क्षमताअनुसार मात्रै यात्रु राख्न भनेका छौं। यदि बढी राखेको पाइएमा तुरुन्तै कारबाही गछौं।’
 

कमेन्ट लोड गर्नुस