सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा महिला र कञ्चनपुरमा पुरुष गरी दुई जनाको मृत्यु

२०८० असार १७, ०३:१८ खबर संवाददाता

धनगढीः बैतडीमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–२ थलकुडाकी ४० वर्षीय लक्ष्मी ऐरको मृत्यु भएको हो।

उनको महादेउ भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनी भिरबाट करिब दुई सय मिटर तल शनिबार मृत अवस्थामा फेला परेकी हुन्।

त्यस्तै कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका–४ जाँई का ४५ वर्षीय करनसिंह साउँद दोदा नदी किनारमा मृत फेला परेका हुन्। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस