सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मिलनचोकबाट भन्सार छलीका सामानसहित एक जना पक्राउ

२०८० असार १७, ०८:१८ खबर संवाददाता

धनगढीः कैलालीस्थित धनगढीको मिलनचोकबाट भन्सारछलीका सामानसहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकबाट भन्सारछलीका सामान सहित बैतडीको पुरचौडी नगरपालिका वडा नम्बर ७ का २१ वर्षिय लोकेन्द्र साउँद पक्राउ परेका हुन्। उनलाई कुर्ती, नल्काको वाल, खुद्रा सामानसहित प्रहरीले पक्राउ गरेको हो। २७ हजार मूल्य बरामरबा सामानसहित साउँदलाई कैलाली र प्रहरी चौकी त्रिनगरको टोलीले पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस