सुदूर नेपाललाई विश्वसँग जोड्दै

नदीमा डुबेर अत्तरियामा एक बालकको मृत्यु

२०८० असार १६, ०८:१३ खबर संवाददाता

धनगढीः  कैलालीमा नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका –१ वनदेवी टोलका  लोकेन्द्र खडायतका १४ वर्षीय छोरा सागर खडायतको नदीमा डुबेर मृत्यु भएको हो। उनलाई नदीबाट गम्भीर अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यलय मालाखेतिले जनाएको छ। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो तर, बालकको उपचारकैक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अहिले शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। उनलाई  महेन्द्रनगर रोड स्थित गोदावरी नदीमा डुबेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

कमेन्ट लोड गर्नुस