सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्दगोरियाका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

२०८० असार १६, ०५:२८ खबर संवाददाता

धनगढीः  कैलालीमा भूमिहीन दलित र भुमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्न सुरु गरिएको छ।May be an image of 7 people and text

जिल्लाको बर्दगोरिया गाउपालिकाले वडा नम्बर–३ का भूमिहीन दलित र भुमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र  वितरण गर्न सुरु गरेको छ। उक्त कार्यक्रम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठको प्रमुख आतिथ्य तथा पालिका अध्यक्ष कर्ण बहादुर कुँवरको सभापतित्वमा सञ्चालन भएको हो।May be an image of text

May be an image of 9 people, wedding, temple and textपालिकाले पालिका  भित्र भएका सम्पुर्ण वडाका भूमिहीन दलित र भुमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्ने जनाएको छ। लामो समयपछि जग्गाधनी प्रमाणपत्र पाउँदा भूमिहीन दलित र भुमिहिन सुकुम्बासीहरु हर्षित भएका छन्।May be an image of one or more people and lighting

कमेन्ट लोड गर्नुस