कञ्चनपुरमा भन्सार छलीका सामानसहित २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामानसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीका बिद्युत कार्यालय अगाडी भन्सार छलीका साडी, धोती, तिरपाल, साईकलगरि अन्दाजी १५ हजार मुल्य बराबरको सामान सहित दुई जना पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिईएको संयुक्त प्रहरी टोलीले उनीहरुलाइ शुक्रवार नियन्त्रणमा लिएको हो।
यस्तै भीमदत्त–१० गड्डाचौकीमा भारतबाट अबैध रुपमा भन्सारछली गरि ल्याएका कपडा तथा चिनी लगायत अन्दाजी १ लाख ८८ हजार ३ सय मुल्य बराबरको सामानसहित मोटरसाईकल–१, स्कुटर–१ बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिइएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। सामानसहित दुबैजनालाइ आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय गडडाचौकी पठाइएको छ।