कैलालीमा भन्सार छलीका सामान फेला
धनगढीः कैलालीमा भन्सार छलीका सामान फेला परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–९ चिलिम चौराह स्थितटीकापुर– खक्रौला सडक खण्डमा भन्सार छली ल्याएका ब्रोटस, औडी प्लस लेखेको औषधी सहित सिरिन्ज गरी अन्दाजी १८ हजार ८ सय ७२ मुल्य बराबरका भेटनरी औषधी शुक्रवार बरामद गरिएको हो।
उक्त औषधीहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिईएको संयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको छ। यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगरमा भन्सार छलिका झ्याल–ढोकाको पर्दा, मिल्क पाउडर, चिनी लगायत १० हजार मुल्य बराबरको सामानहरु प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिईएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।