सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मोहन्यालका जनप्रतिनिधिमाथि कुटपिट गर्ने ४ जना पक्राउ

२०८० असार १६, १२:३५ खबर संवाददाता

धनगढीः कैलालीको मोहन्यालका जनप्रतिनिधिमाथि कुटपिट गर्ने ४ जना पक्राउ परेका छन्। गाउँपालिकाको कार्यालय सार्ने विषयमा १२औँ गाउँसभामा विवाद हुँदा स्थानीयले जनप्रतिनिधिमाथि कुटपिट गरेका थिए।

स्थानीयको आक्रमणबाट अध्यक्ष देवीदत्त उपाध्यायको हातमा चोट लागेको र उपाध्यक्ष कमल साउदसहित वडा नम्बर ७ का अध्यक्ष नवराज कठायतलगायत घाइते भएका थिए। कुटपिट गर्ने ४ जनालाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस