कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ

२०८० असार १६, ०९:५४
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–७ हल्दुखालबाट लागुऔषधसहित सोही ठाँउका २६ वर्षीय बिकाश चन्दसहित तिन जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो।
उनीहरुको साथबाट खैरोहेरोईन ७.७३ ग्राम, चरेश ८.७० ग्राम, मोबाईल थान ४ र नगद २० हजार ८ सय बरामद गरिएको छ। गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिइएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ।
.gif)

कमेन्ट लोड गर्नुस