सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा दोस्रो चरणअन्तर्गत १२ राज्यका ९५ सिटका लागि मतदान हुँदै

। फोटो स्रोत ।
२०७६ वैशाख ५, ११:२० खबर संवाददाता

भारतमा लोकसभा निर्वाचन अन्तर्गत बिहीबार दोस्रो १२ राज्यका ९५ सिटका लागि मतदान भइरहेको छ। सात चरणमा निर्वाचन गर्ने कार्यतालिका अनुसार बिहीबार दोस्रो चरणअन्तर्गतका क्षेत्रमा मतदान भएको हो।

स्थानीय समयअनुसार बिहान ७ बजेबाट मतदान सुरु भएको छ। भारतको निर्वाचन आयोगका अनुसार ९५ सिटका लागि एक हजार पाँच सय ९६ प्रत्याशी चुनाव मैदानमा छन्।

उडिसा र असमका पाँच–पाँच क्षेत्र, तमिलनाडुका ३८, कर्नाटकका १४, महाराष्ट्रका १०, छत्तीसगढ र पश्चिम बंगालका तीन–तीन, जम्मु कश्मीरका दुई तथा मणिपुर र पण्डुचेरीका एक–एक सिटका लागि बिहीबार मतदान हुँदैछ। 
 

कमेन्ट लोड गर्नुस