सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

२०८० असार १६, ०८:५५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट प्रहरीले ३.१७ ग्राम लागुऔषधसहित शुक्रवार राति २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कञ्चनपुरको झलारीका भरत सिंह र नरेन्द्र ठगुन्ना रहेका छन।

दुबैजनालाई प्रहरी चौकी भुडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक राम सिंह फरालको कमाण्डमा खटिएको टोलीले गोप्य सुचनाका आधारमा पक्राउ गरेको जनाएको छ। प्रहरीले उनीहरुको साथमा रहेको सु प प्र ०२००३ प ७९७६ नम्बरको अपाची मोटरसाइकल पनि बरामद गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस