धनगढीमा युवा वैज्ञानिक सम्मेलन सुरु, १६ युवा बैज्ञानिक सहभागि
धनगढीः कैलालीको धनगढीमा युुवा वैज्ञानिक सम्मेलनको आयोजना गरिएको छ। प्रदेश युवा परिषद्ले रोबोटिक एशोसिएसनको समन्वय तथा खोज, अनुसन्धानको क्षेत्रमा क्रियाशिल विभिन्न संघ, संस्थाको प्राविधिक सहयोगमा आजबाट युवा वैज्ञानिक सम्मेलनको आयोजना गरिएको हो। सम्मेलन शनिबारसम्म चल्नेछ।
सम्मेलनको सुुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले उद्घाटन गरेका छन्। सो अवसरमा सामाजिक विकासमन्त्री साउँदले प्रदेश सरकार युवा वैज्ञानिकलाई खोज, अनुुसन्धानमा प्रेरित गर्न प्रतिबद्ध रहेको बताए। युवा सम्मेलनमा रोबोटिक्स फुटबल प्रतियोगिता र यन्त्र रोबोटिक रेसको समेत आयोजना गरिएको आयोजक प्रदेश युवा खेलकुद परिषद्ले जनाएको छ।
रोबोटिक्स फुटबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसहित विभिन्न जिल्लाका ११ समूूह र शनिबार हुने यन्त्र रोबोटिक रेस प्रतियोगितामा १६ समूहको सहभागिता रहने छ। सम्मेलनमा सुदूरपश्चिमसहित काठमाडौँ, सुर्खेत लगायतका जिल्लाबाट समेत स्कुल तथा क्याम्पसबाट विज्ञान प्रदर्शनीका लागि समूह धनगढी आइपुगेका छन्।
सम्मेलनमा देशभरका १६ जना युवा वैज्ञानिकको सहभागिता छ। जसमा सुदूूरपश्चिमका ९ जना सहभागि छन्। सम्मेलनमा उत्कृष्ट प्रदर्शन गर्ने व्यक्ति तथा समूहलाई एक लाख पुरस्कार दिने तयारी छ। सो पुरस्कारको राशी युथ इनोभेसन नामक संस्थाले व्यहोर्ने आयोजकले जनाएको छ।