सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम आइकन बने दिपा र जलेन्द्र

२०८० असार १५, ०५:४९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम आईकन दिपा रोकाया र जलेन्द्र शाही बनेका छन्। चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आईकन महिला विधाको अवार्ड दिपा रोकायाले हात पारेकी छन्। भने जलेन्द्र शाहीले पुरुष तर्फको अवार्ड पाएका छन्।

न्यु सिटी पोलिक्लिनिक सुदूरपश्चिम आईकन महिलामा आइकन अवार्ड पाउने रोकाया फुटबल खेलाडी हुन् भने माया मेट्रो हस्पिटल सुदूरपश्चिम आईकन पुरुष विधामाका विजेता शाही फेन्सिङका खेलाडी हुन्। कुस्तीकी मनीषा सिंह, र क्रिकेटकी कविता कुँवर पनि महिलामा आइकन अवार्डको मनोनयनमा परेकी छिन्। पुरुष तर्फ भने कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका थिए।

सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजनामा हुन लागेको चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ।

कमेन्ट लोड गर्नुस