सुदूर नेपाललाई विश्वसँग जोड्दै

माया मेट्रो हस्पिटलमा प्रदेशकै ठुलो आइसियू युनिट सञ्चालन

२०८० असार १५, ०३:०३ खबर संवाददाता

धनगढीः धनगढीको माया मेट्रो हस्पिटलमा प्रदेशकै ठुलो आइसियू युनिट सञ्चालनमा आएको छ।  बिहीवारदेखि अत्याधुनिक उपकरणका साथ आसियू, पिआइसियू र आइसोलेसन आइसियू युनिट विस्तार भएको हो।

अहिलेसम्म सात शय्या क्षमतामा सिमित रहेको आइसियू सेवालाई २० शय्यामा विस्तार गरिएको अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले बताए। उनले अस्पतालको सेवा विस्तार गर्दै बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न २० शय्याको आइसियू सञ्चालनमा ल्याइएको बताए।

अस्पतालले प्रदेशमै सबैभन्दा ठुलो आइसियू युनिट सञ्चालनमा आएको दाबी गरेको छ। जसमा २ वटा आइसोलेसन आइसियू छन् भने नवजात शिशुदेखि वृद्धवृद्धालाई प्रयोग हुने १० ओटा भेन्टिलेटर सहितको आइसियू शय्या रहेका छन्। माया मेट्रो हस्पिटलले प्रदेशमै अत्याधुनिक आइसियू युनिट सञ्चालनमा ल्याएको बताएको छ। अस्पतालको नयाँ भवनमा अत्याधुनिक आइसियू युनिट सञ्चालनमा आएको हस्पिटलले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस