सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री सहयोग

२०८० असार १५, ०२:२३ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले सुरक्षा निकायलाई विपद् व्यवस्थापन सम्बन्धी सामग्री सहयोग गरेको छ। उपमहानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई विपद्को समयमा प्रयोग हुने सामग्री हस्तान्तरण गरेको हो।

उपमहानगरले जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल  नेपाल न.३४ गण हेडक्वाटर धनगढीलाई विपद्को बेला आवश्यक पर्ने विभिन्न सामग्री हस्तान्तरण गरिएको नगरप्रमुख गोपाल हमालले बताए।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई  लाइफ ज्याकेट २०/२० थान, हेलमेट २०/२० थान, गमबुट १५/१५ जोर, स्टेक्चर १५/१५ वटा, हेन्ड माईक १/१ वटा र फलामको बाल्टी  १५/१५ थान हस्तान्तरण गरिएको नगप्रमुख हमालले बताए।

कमेन्ट लोड गर्नुस