सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा झाडापखालाका कारण एक बालकको मुत्यु

२०८० असार १५, ०९:२० खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा झाडापखालाका कारण एक बालकको मुत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–७ पिपलकोटका ९ वर्षीय प्रेम पुनमगरको झाडापखालका कारण बिहीवार मृत्यु भएको हो। पिपलकोटकै सिद्धनाथमाविमा कक्षा ३ मा अध्ययनरत पुनमगरलाई बुधवारबाट झाडापखाला लागेको थियो।

पानी परेर बाटोघाटो समस्याका कारण समयमा अस्पतालसमेत लग्न नसकिएको स्थानीय नरेन्द्र बोहराले बताए। बोहराका अनुसार मृतक प्रेमकै आमा ५३ वर्षीया दिलादेवी पुनमगर पनि झाडापखाला लागेको थियो। उनी स्वास्थ्य केन्द्र मलासमा उपचार गरेर घर फर्किसकेकी छिन्। 
 

कमेन्ट लोड गर्नुस