सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा अवैध कुखुरा किसानले गरे बरामद

२०८० असार १५, ०८:३१ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिकामा अवैध कुखुरा किसानले बरामद गरेका छन्। कञ्चनपुरको वाणीका प्रकाश ऐरले भारतबाट ल्याउँदै गरेका अवैध कुखुरा बरामद गरिएको हो।

गोदावरी नगरपालिका वडा नम्बर–१ मोहना पुल नजिकबाट गएराति कुखुरा पालक कृषक प्रेमराज भट्टले बरादम गरी प्रहरीलाई बुझाएका छन्। करिब दुई कुन्टल कुखुरा बिहीवार रातिको समयमा बरामद गरी ईलाका प्रहरी कार्यालय मालाखेतीलाई बुझाईएको भट्टले बताए। भारतबाट अवैध रुपमा आउने कुखुराकै कारण स्थानिय किसान मार्कामा परेको उनले गुनासो गरे।
 

कमेन्ट लोड गर्नुस