सुदूर नेपाललाई विश्वसँग जोड्दै

धान दिवसको अवसरमा गेटा विश्वविद्यालको गेट अगाडि रोपाइँ 

२०८० असार १५, ०८:१२ खबर संवाददाता

धनगढीः धान दिवसको अवसरमा गेटा विश्वविद्यालको गेट अगाडी धान रोपाइँ गरिएको छ।

धान दिवसको अवसरमा आज असार १५ गते सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालको गेटमा धान रोपिएको हो। सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले संघर्षका कार्यक्रम अन्तरगत विश्वविद्यालयको गेट अगाडि धान रोपेको हो।

तत्काल चालु संसदको अधिवेशनबाटै शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारीत गरी ६ सय शय्याको अस्पताल संचालन गर्न दवाव दिन सांकेतिक विरोध स्वरुप गेट अगाडि धान रोपिएको संघर्ष समितिका प्रवक्ता गणेश शाहले बताए।
No description available.

कमेन्ट लोड गर्नुस