सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

२०८० असार १४, ०७:२४ खबर संवाददाता

धनगढीः  कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका २५ वर्षीय रामलखन राना पक्राउ परेका हुन्। रानालाई शंका लागी चेकजाँच गर्दा उनको  साथबाट २९० मिलिग्राम लागु औषध फेला पारी उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस