सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका अपाङ्गता भएका नागरिक अनसनमा

२०८० असार १४, ०७:१२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका  अपाङ्गता भएका नागरिक आन्दोलित भएका छन्। उनीहरुले धनगढीमा अनसन सुरु गरेका हुन्। एक हप्ताअघि आन्दोलनको घोषणा गरेर उनीहरु सडकमा छन्। 

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा अपाङ्गता भएका नागरीकलाई बेवास्ता गरिएको गुनासो उनीहरुको छ। सुदूरपश्चिमका अपाङ्गता भएकाहरुलाई प्रदेश सरकारको बजेटले समावेशीरुपमा अपाङ्गता भएकालाई नसमेटेको भन्दै उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएको थियो।

मागको सम्बोधन नभएपछि सडक आन्दोलन गर्न बाध्य भएको अपाङ्गता अधिकार प्रबर्दधन संर्घष समितिका संयोजक भीमवहादुर शाहले बताए। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा जाँदा गेटमा रोकेपछि धनगढी बजारमा ¥याली गरेर मंगलवारदेखि सडकमा रिले अनसन बसेको उनले बताए। भोलिदेखि शसक्तरुपमा आमरण अनसनमा बस्ने उनले बताए। 

राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मानवहादुर साउदले सुनवाई नहुँदासम्म आन्दोलन जारी रहने बताए। संविधानप्रदत हकअधिकार कार्यान्वयन गराउन अपाङ्गता भएका ब्यक्तिहरुले सडक आन्दोलन गर्नुपरेको बिडम्पना भन्दै उनले मुख्यमन्त्रीसहित प्रदेश सरकारका सबै मन्त्रीलाई अपाङ्गता भएकाहरुको शिक्षा, स्वास्थ्य र रोजगारसँग जोडिएका माग राखेको तर, बजेटमा काही कतै नसमेटिएको बताए।

आफुहरुले उठाएका मागबारे जानकारी गराउदै राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका सचिव एवं संघर्ष समिति सदस्य नन्दराज भट्टले अपाङ्गताका क्षेत्रमा कार्यरत सबै संघसंस्थाको संस्थागत विकास र सवलिकरणकालागि केही बजेट माग गरेको बताए। यस्तै, आवश्यक साहायक सामाग्री, सरकारी अस्पतालमा सांकेतिक दोभाषेको व्यबस्था लगायतका माग रहेको उनको भनाई थियो।

प्रदेशसभा र आन्तरीक मामला तथा कानुनमन्त्रालय बीच पार्कमोडमा अनसन बस्नु भएका अपाङ्गगता भएका ब्यक्तिहरुको आन्दोलनमा समाजमा रहेका विभिन्न क्षेत्रका ब्यक्तित्वहरु ऐक्यबद्धता जनाउन आइरहेका भएपनि सरकार सम्बद्ध सत्तापक्षका नेता तथा प्रदेश संसदहरु नआएको असनरतहरुले बताएका छ।
 

कमेन्ट लोड गर्नुस