सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘जनसवांद’ का लागि गगन देश यात्रामा निस्किने

२०८० असार १४, ०५:५१ खबर संवाददाता

काठमाडौँः  पार्टी रूपान्तरण पक्षमा उभिएका नेपाली कांग्रेसका महामन्त्री गगन थापा जनताका कुरा सुन्न देश दौडाहमा निस्कने भएका छन्।

भदौ दोस्रो सातादेखि महामन्त्री थापा लगातार ३३ दिनसम्म काठमाडौंबाहिर हुने बताएका छन्। त्यसपछि दोस्रो चरणमा उनी दसैं–तिहारपछि गाउँ–गाउँ पुग्नेछन्। पार्टीका तल्ला तहमा रहेर काम गरिरहेका कार्यकर्ता र आम नागरिकसँग भलाकुसारी गर्न थापाले ’जनसंवाद यात्रा’ गर्न लागेका हुन्।

थापाले भदौमा गर्न लागेको जनसंवाद यात्रामा जनताका कुरा सुन्न चाहेको बताए। मुख्य दुई प्रश्नको जवाफ खोज्न आफू काठमाडौंबाहिरका जिल्ला र गाउँ जान लागेको उनले बताए। पहिलो, पार्टी भित्रकै नेताहरू नै अलिकति अत्तालिएको, छटपटाएको र निराश भएको देखिन्छ। दोस्रो, आम नागरिकमा पनि ठ्याक्कै त्यस्तै आक्रोश र नैराश्यता झल्किएको छ।

‘स्थानीय, प्रदेश र केन्द्रको चुनावबाट कांग्रेस ठूलो पार्टी बन्यो, जितको उत्सव र माहौल हुनुपर्ने तर त्यस्तो छैन,’ उनले भने, ‘पार्टीभित्र र बाहिर आक्रोश छ। किन यस्तो भइरहेको छ? म मानिसहरूसँग कुराकानी गरेर ज्ञान लिन चाहन्छु। त्यसैका लागि म जनसंवाद यात्रामा निस्कन लागेको हुँ।

थापाले जनसंवादको यात्रामा भाषण नगर्ने, जनताका कुरा मात्र सुन्ने बताएका छन्। पार्टीका कुनै पनि तहका समितिले औपचारिक कार्यक्रम पनि राख्ने छैन्।
 

कमेन्ट लोड गर्नुस