सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले नेता योगेशलाई इलाममा कालो झन्डा

२०८० असार १४, ०४:५२ खबर संवाददाता

धनगढीः  कोशी प्रदेशको नाम संशोधनको माग गर्दै पहिचानवादीहरुले एमाले सचिव योगेश भट्टराईलाई इलाममा कालो झन्डा देखाएका छन्।

ऐतिहासिक पृष्ठभूमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले एमाले नेता भट्टराईलाई कालो झन्डा देखाएका हुन्। ७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भट्टराई सदरमुकाम इलाम बजार पुगेका थिए।

पहिचानवादीहरुले कोशी प्रदेश मान्दैनौं, हत्या हिंसा बन्द गर, योगेश भट्टराई मुर्दाबाद लगायतका नारा लगाएका थिए। आजको लोकतन्त्र उपलब्धि र चुनौती विषयक कार्यक्रममा एमाले सचिव भट्टराई र नेपाली कांग्रेस नेता गुरूराज घिमिरेसँग अन्तरसम्वाद तय भएको थियो।

कालो झन्डा देखाउनेमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराकसमेत सहभागी थिए।
 

कमेन्ट लोड गर्नुस