सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्रीहरूको भेलामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भोलि पोखरा जाने

२०८० असार १४, ०४:१५ खबर संवाददाता

धनगढीः  प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ भोलि (शुक्रबार) पोखरा जाने भएका छन्।

गण्डकी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेलामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड पोखरा जाने कार्यक्रम तय भएको हो। गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा ऊर्जा मन्त्री सरस्वती अर्याल तिवारीका अनुसार शुक्रबार र शनिबार हुन लागेको मुख्यमन्त्रीहरूको भेलामा प्रदेशका अधिकार, एकीकृत विकासका बारेमा छलफल हुनेछ।

यसअघि जेठ १० मा मुख्यमन्त्रीहरूको भेला तय भएको थियो। तर, प्रधानमन्त्री प्रचण्ड आउन नभ्याएपछि सम्मेलन स्थगित भएको थियो। शुक्रबार हुने मुख्यमन्त्रीहरूको यो भेला दोस्रो हो। पहिलोपटक २०७५ साल भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा भएको थियो। उक्त भेलाले आठ बुँदे घोषणापत्र जारी गरेको थियो।
 

कमेन्ट लोड गर्नुस