महिला कर्मचारीलाई हातपात गर्ने वकिल पक्राउ
काठमाडौंः ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानून व्यवसायी पक्राउ परेका छन्।
अधिवक्ता अमिर लामिछानेलाई पक्राउ परेका हुन्। उनले नासु प्रेमिका तामाङलाई हापात गरेको आरोप छ। तामाङले ललितपुर प्रहरी परिसरमा उजुरी दिएपछि वकिल लामिछाने पक्राउ परेका हुन्।
मुद्दाको फाइल हेर्नेक्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाबी छ। तामाङको मुखमा चोट देखिएको छ। उनीमाथि अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।