सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई सहयोग

२०८० असार १४, ११:५९ खबर संवाददाता

धनगढीः धनगढीको कपडा बैंकलाई सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शिवपुरी धाममा रहेको कपडा बैंकलाई सहयोग गरिएको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशालनगरका नारायणदत्त भट्टले एक सय ३८ थान कपडा सहयोग गरेका हुन्।

यस्तै गोदावरी नगरपालिका वडा ५ गेटाका रोशन चन्दले ३८ थान कपडा सहयोग गरेका छन्। बैंकमा जम्मा भएका कपडा नागरिकलाई निःशुल्क वितरण गर्ने गरिएको छ। कपडा बैंक धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सञ्चालनमा ल्याएका थिए।  
 

कमेन्ट लोड गर्नुस