सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्कुटर दुर्घटनामा परेकी शाहीले गरिन् सहयोगका लागि अपिल

२०८० असार १३, ०७:१८ खबर संवाददाता

धनगढीः  धनगढीकी पत्रकार बिना शाही मंगलबार सडक दुर्घटनामा परेकी हुन्।

धनगढीस्थित सुदूरपश्चिमान्चल एकेडेमी (एसपीए) कलेजमा अध्ययन गर्दै पत्रकारिता गर्दै आएकी शाही सडक दुर्घटनामा परेपछि अहिले अस्पतालको शैय्यामा पुगेकी हुन्। मंगलबार धनगढीस्थित चटकपुरमा कार्यालय जाने समयमा उनको स्कुटर दुर्घटना भएको थियो। उनी धनगढीबाट अत्तरिया (टिभी टुडेको कार्यालय) जान लागेकी थिइन्।

कार्यालय जाने क्रममै उनको स्कुटर ठोक्किएर दुर्घटना भएपछि खुट्टामा चोट लागेको छ। उनलाई दुर्घटनापछि धनगढीकै स्वस्तिक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले उनको देब्रे खुट्टा भाचिएको भन्दै हिजै पहिलो चरणको शल्यक्रियासमेत गर्‍यो। अस्पतालले उनलाई कम्तीमा एक हप्ता अस्पतालमै राखेर थप उपचार गर्नुपर्ने जनाएको छ। त्यसका लागि महँगो खर्च लाग्ने भएपछि पत्रकारिता गरेर पढ्दै आएकी उनलाई उपचारमा थप समस्या भएको छ।

उपचारमा समस्या भएपछि उनले आफ्नो स्वास्थ्य उपचारार्थमा सहयोगलागि अपील समेत गरेकी छन्। सहयोगका लागि ९८४४५८११८० मा सम्पर्क गर्न आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस