सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्चद्वारा रास्वपाका सभापति लामिछानेविरुद्धको रिट खारेज

२०८० असार १३, ०५:४७ खबर संवाददाता

काठमाडौंः  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

युवराज सफलले दायर गरेको रिट बुधबार प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल सम्मिलित संवैधानिक इजलासले खारेज गरेको हो।

महान्यायाधिवक्ता कार्यालयले राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेपछि सफलले गत १० जेठमा लामिछानेविरुद्ध संवैधानिक इजलासमा रिट दायर गरेका थिए।
 

कमेन्ट लोड गर्नुस