सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदबाट बजेट बहुमतले पारित

२०८० असार १३, ०५:२१ खबर संवाददाता

काठमाडौंः  अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेस गरेको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाको बुधबारको दोस्रो बैठकले बहुमतले पारित गरेको छ।

अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०÷८१ का लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट विनियोजन गरेका थिए। बैठकमा सभामुख देवराज घिमिरेले बजेटसम्बन्धी प्रस्ताव निर्माणार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो। बजेट पारित गर्नका लागि मत विभाजनको प्रक्रिया अपनाइएको थियो। कुल उपस्थित सांसद २५५ मध्ये प्रस्तावको पक्षमा १४७, विपक्षमा १०८ मत परेको छ। मत दिन्न भन्ने सांसदको सङ्ख्या शून्य रहेको छ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसहित सत्ता गठबन्धनका दलले पक्षमा मतदान गरेका हुन् भने, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षी दलले विपक्षमा मतदान गरेका हुन्।

पारित भएसँगै आगामी साउन १ गतेबाट नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउनेछ।  
 

कमेन्ट लोड गर्नुस